बाढीपीडितको पीडामा साथ दिँदै पशुपन्छी औषधि व्यवसायी

काठमाडौं । नेपाल पशुपंक्षी औषधि व्यवसायी संघले सिन्धुपाल्चोकका बाढी र पहिरोबाट पीडित पशुपन्छी औषधि व्यवसायीलाई सहयोग गर्ने अभियान थालेको छ ।
संघले ०७८ असार ४ गते १ अपिल सार्वजनिक गर्दै हेलम्बु ७, चनौटेका बाढी प्रभावित पशुपन्छी औषधि व्यवसायीद्वय भण्डारी एग्रोभेटका सञ्चालक रविन भण्डारी र बराल एग्रोभेटका सञ्चालक टोपबहादुर बरालको व्यवसाय पुनस्र्थापनाका लागि अभियान थालेको हो ।
केही दिनअघि आएको बाढीले व्यवसायीद्वय भण्डारी र बरालको पसल तथा घरलाई पूर्ण रूपमा क्षति गराएको छ । प्राकृति विपत्तिको चपेटामा परेका भण्डारी र बराललाई सहयोग गर्न इच्छुक व्यक्तिलाई नारयणबहादुर भुजेल, विकास शर्मा तिमिल्सिना, बालकृष्ण हुमागाईसँग सम्पर्क गर्न संघले भनेको छ ।
यही अभियानमा कान्तिपुर भेट डिष्ट्रिब्युटर्सका सञ्चालक तथा नेपाल पशुपंक्षी व्यवसायी औषधिसंघका पूर्व अध्यक्ष ऋषि बडाल जोडिएका छन् । उनले बाढीबाट विस्थापित व्यवसायीद्वय भण्डारी र बराललाई रु. ५० हजार सहयोग उपलब्ध गराएको नेपाल पशुपन्छी औषधि व्यवसायी संघ काभ्रे शाखाले जनाएको छ । शाखाले पनि बाढीपीडित औषधि व्यवसायीको पुनस्र्थापनाका लागि सहयोग गर्न सबैमा अपिल गरेको छ ।