काठमाडौं । सरकारले गाउँबाट सहरसम्म पशुपन्छीजन्य वस्तु ढुवानी गर्न लाग्ने रकममा २५ प्रतिशत अनुदान दिने भएको छ ।
सरकारको आर्थिक वर्ष ०७८÷७९ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले पशुजन्यवस्तु गाउँबाट नजिकको सहरसम्म ल्याउँदा लाग्ने भाडामा २५ प्रतिशत अनुदान उपलबध गराउने घोषणा गरे ।
त्यसैगरी, सरकारले किसानलाई धानको बीउमा पनि ५० प्रतिशत अनुदान दिने भएको छ । उक्त अनुदान स्थानीय तहबाट दिनेगरी व्यवस्था मिलाइएको अर्थमन्त्री पौडेलले जानकारी दिए ।