कुखुरालाई कसरी दिने खोप ? गोल्डमिडलिस्टले दिँदैछन् अनलाइनबाट टिप्स

काठमाडौं । ब्रोइलर कुखुरालाई प्रभावकारी ढंगले खोप दिनेबारे प्रशिक्षित गर्न दुईदिने भर्चुअल अन्तरक्रिया कार्यक्रम हुने भएको छ ।

भेट नेपालको आयोजनामा आज र भोलि ‘हाउ टू डिजाइन इफेक्टिभ भ्याक्सिनेसन सेडुल फर ब्रोइलर्स’ विषयक अन्तरक्रिया कार्यक्रम हुन लागेको हो ।
कार्यक्रम दुवै दिन बिहान ११ बजेबाट सुरु हुने भेट नेपालले जनाएको छ ।

कार्यक्रम कुखुरापालन व्यवसायसँग सम्बन्धित पशु चिकित्सक र विद्यार्थीलाई लक्ष्य गरेर आयोजना गरिएको हो । अन्य पशु चिकित्सक र पशु चिकित्सा अध्ययन गरिरहेका विद्यार्थी पनि यसमा सहभागी हुनसक्ने भेट नेपालले जनाएको छ ।

अन्तरिक्रयामा मुख्य दुई वक्ता रहनेछन् । पहिलो दिन प्राध्यापक डा. होमबहादुर बस्नेतले नेपालमा हाल देखापरेको एनडी प्रकोपकोप पछाडिको वैज्ञानिक कारण र व्यावहारिक जैव सुरक्षाबारे प्रशिक्षित गर्ने कार्यक्रम छ । त्यसैगरी, व्यावसायिक ढंगले पालिएका कुखुरालाई आबी र आईबी र लिचीबाट कसरी बचाउने भन्नेबारे पनि उनले धारणा राख्ने छन् ।

भर्चुअल अन्तरक्रिया कार्यक्रमको दोस्रो दिन गोल्ड मेडलिस्ट डा. सुशिम मुकुल रेले प्रशिक्षित गर्ने कार्यक्रम छ ।

भेट नेपालका अनुसार रेले अन्डरस्ट्यान्डिङ इम्युनिटी अगेन्स्ट एनडी इन बोइलर र अप्टिमाइजिङ इम्युनिटी अगेन्स्ट आईडीबी इन पोल्ट्रीबारे प्रशिक्षित गर्ने कार्यक्रम छ ।
कार्यक्रमको संयोजन र मध्यस्थता डा. विवेकबन्धु रेग्मी, शिव श्रेष्ठ र डा प्रकाश अधिकारीले गरेका हुन् ।

भर्चुअल अन्तरक्रिया कार्यक्रमको अध्यक्षता राष्ट्रिय पशु प्रजनन कार्यालय, पोखराका प्रमुख वरिष्ठ पशु विकास अधिकृत डा. खगेन्द्रराज शर्माले गर्नेछन् ।
कार्यक्रममा सहभागी हुन इच्छुकले सहभागी हुनसक्नेछन् । मिटिङ आइडी ८७६१७४४०५२७ छ । यससम्बन्धी थप केही जिज्ञासा भए ९८५७८८०८०८ र ९८४५९२५९०३ मा सम्पर्क गर्न आयोजकले जनाएका छन् ।