एनभीसीडीए २ नं.प्रदेश अध्यक्षमा चौधरी

रौतहट। नेपाल पशुपन्छी औषधि व्यवसायी संघ २ नं. प्रदेश कार्यसमितिको अध्यक्षमा रामाकान्त चौधरी निर्विरोध निर्वाचित भएका छन् । रौतहटको चन्द्रपुरमा संघका केन्द्रिय अध्यक्ष भुपेन्द्र प्रसाद गौतमको प्रमुख आतिथ्यतामा सम्पन्न प्रदेश कार्यसमितिको प्रथम अधिवेशनले चौधरीलाई निर्विरोध अध्यक्ष निर्वाचित गरेको हो । अधिवेशनले ११ सदस्यीय कार्यसमितिका सबै पदाधिकारी तथा सदस्य निर्विरोध निर्वाचित गरेको छ ।

अधिवेशनले संघ प्रदेश कार्यसमितिको उपाध्यक्ष (थोक)मा श्रवण न्यौपाने, उपाध्यक्ष (खुद्रा)मा भिम रपाललाई निर्विरोध निर्वाचित गरेको छ ।
त्यस्तै, सचिवमा पुरुषोत्तम फुयाँल, सहसचिवमा भुवनेश्वर शाह र कोषाध्यक्षमा संजय कुमार कणर्लाई निर्वाचित गरेको छ । सदस्यहरुमा दुर्गानन्द चौधरी, सन्तोष कुमार दाहाल, प्रभु नारायणलाल दास, घनश्याम साह र अगरमैन कुमारी चौधरी निर्वाचित गरेको छ ।
नवनिर्वाचित समितिका पदाधिकारीलाई कार्यक्रममा संघका केन्द्रीय अध्यक्ष भुपेन्द्र गौतम लगाएतका केन्द्रीय पदाधिकारीहरु, प्रदेश तथा जिल्ला कार्यसमितिका पदाधिकारी तथा व्यवसायीले प्रमाणपत्रसहित अबिर र खादा ओढाएर सम्मान गरे ।