पशुपन्छी औषधि व्यवसायी गौतम र रिमाल तथा दाना उद्योगी पुरी एफएनसीसीआई वस्तुगत परिषद्मा मनोनित

काठमाडौं । पशुपन्छी औषधि व्यववसायी संघका अध्यक्ष भूपेन्द्र गौतम, संघका सल्लाहाकार रितेस रिमाल र दाना उद्योग संघका अध्यक्ष रविन पुरी नेपाल उद्योग वाणिज्य संघको विषयतगत समितिमा मनोनित भएका छन् ।

गौतम महासंघको वस्तुगत परिषद्मा विशेष आमन्त्रित, रिमाल वस्तुगत परिषद्को सल्लाहाकार र पुरी वस्तुगत परिषद्को सदस्यमा मनोनित भएका हुन् ।

अञ्जन श्रेष्ठको सभापतित्वमा रहेको वस्तुगत परिषद्मा मनोनित गरिएका गौतम, रिमाल र पुरीलाई महासंघका अध्यक्ष शेखर गोल्छाले एक कार्यक्रमबिच प्रमाणपत्र सहित स्वागत गरेका छन् ।