रानीखेतको फैंलिँदो महामारी, प्रभावकारी बन्दै ’सीएचबी’ भ्याक्सिन

काठमाडौं । ललितपुर धापाखेलकी ६१ वर्षीया कुखुरा पालक किसान सुनिता कार्कीले घर खर्च चलाउन ५० ओटा गिरिराज कुखुरा पालेकी थिइन् । कुखुरा हुर्किएर बिक्री गर्ने बेला पनि भएको थियो । तर, बिडम्बना उनले पालेका कुखुरा भकाभक मर्न थाले । आजभोली गर्दै साताभित्रै ४८ कुखुरा मरेरै सकिए । पछि सुनिता आजित भएर भेटेरिनरी डाक्टर कहाँ पुगेपछि बल्ल थाहा पाइन् रानी खेत भन्ने रोग लागेको रहेछ । चिकित्सकले उक्त रोगको उपचार नभएको बताए । यो रोगबाट बच्न रोगलाग्नु अघि नै खोप प्रयोग गर्नुपर्ने सल्लाह पनि चिकित्सकले उनलाई दिए ।

यस्तै केही साताअघि मात्र इलाम नगरलिकाको एक पोल्ट्री फार्मका १२ सय कुखुरा यही रोगले मर्दा फार्म सञ्चालकलाई झण्डै साढे ४ लाख रुपैयाँ घाटा भयो । यी दुई प्रतिनिधि पात्र र उदाहरण मात्र हुन् । रानीखेत रोग अहिले देशैभर फैलिएको छ । खास गरी माघमहिनादेखि जेठ महिनासम्म प्रत्येक वर्ष महामारीकै रुपमा यो रोग देखा पर्दा सानादेखि ठूला पोल्ट्री फार्मका सञ्चकलकले समेत घाटा व्यहोरिरहनु परेको छ ।

केन्द्रीय भेटेरिनरी प्रयोगशालाका डा. रामचन्द्र सापकोटाले प्रयोगशालामा नमुना परीक्षणका लागि दैनिक १५ ओटा जति नमुना लिएर किसान आउने गरेको बताए । ती मध्ये ७० प्रतिशत केस रानीखेतकै देखिएको समेत उनले बताए । पहिला कोइलरबाट सुरु भएकोमा अहिले हरेक कुखुरा, हाँस, कालिज, टर्कीलगायत सबै पन्छीमा देखिएको उनले बताए ।
‘यो पहिलेकै प्रजातिको रानीखेतको भाइसर हो नयाँ प्रजातीको रानीखेत भाइसर हो भन्ने बारे भने अध्ययनका लागि तयारी भइरहेको छ, यसको मृत्युदर भने शतप्रतिशत नै भएको पाइएको छ,’ उनले भने, ‘यसबारे हामीले २ महिनाअघि नै पशुसेवा विभागलाई जानकारी गराइसकेका छौं ।’

भेटेरिनरी इपिडेमियोलोजी शाखाका प्रमुख डा. मुकुल उपाध्यायका अनुसार पछिल्लो समय नेपालमा रानीखेत रोगले महामारीकै रूप लिएको छ । रोगबारे अध्ययन गर्न पशु सेवा विभागका उपमहानिर्देशक डा. रामानन्द तिवारीको संयोजकत्वमा सुझावसहितको अध्ययन प्रतिवेदन बुझाउन एउटा समिति गठन गरिएको र समितिले हाल अध्ययन गरिरहेको उनले बताए ।

’रानीखेत नियन्त्रण गर्ने भ्याक्सिनले नै हो,’ उनले भने, ’नेपालमा देखिएको रानीखेत कुन प्रकृतिको हो त्यो अध्ययन हुनु पर्याे र नेपालमा प्रयोग भएका भ्याक्सिनले काम गरे÷नगरेकोबारे पनि अध्ययन हुनु जरूरी छ । साँच्चिकै नयाँ प्रकृतिको रानीखेत हो वा पुरानै भाइसर हो भन्नेबारे छुट्याउनु पर्ने भएको छ ।’

यो रोग नेपालमा मात्रै पनि होइन । विश्वका सबैजसो देशमा फैलिएको पाइएको छ । उपचारै नभएको र लाग्नुअघि नै सावधानीपूर्वक खोप (भ्याक्सिन) प्रयोग गर्नुपर्ने यो रोगले किसान हैरान र आजित भइरहेका छन् ।

झण्डै एक शताब्दी पुरानो यो रोगलाई रोकथाम गर्न पनि प्रभावकारी भ्याक्सिनको अभावमा किसान मर्कामा पर्दै आएका छन् । पशु चिकित्सक डा. अनन्त दाहालले देशभरी नै महामारीको रुपमा रानीखेत फैलिएको बताए ।‘रानीखेत लागिसकेपछि यसको उपचार छैन,’ उनले भने, ‘बजारमा धेरै किसमका भ्याक्सिन पाइन्छ तर नेपाली बजारमा हालै आएको इजोभ्याक सीएचबी भ्याक्सिन चाँही यो रोगका लागि निकै प्रभावकारी देखिएको छ । यो मैले पनि प्रयोग गरेको हुनाले यसको नतिजा निकै राम्रो पाएको छु ।’उनका अनुसार सीएचबी भ्याक्सिनले रानीखेतको भाइसरविरुद्ध ‘एनडी क्लोन’, ब्रोङकाइटिस रोगविरुद्ध ‘आईबी एच१२०’ र ब्रोङकाइटिस ‘आईबी बीएनएफ २८÷८६’ गरी तीन किसिमका रोगबाट बचाउने भएकोले यो भ्याक्सिन प्रभावकारी भएको उनले बताए । ‘यसले रानीखेतसहत अर्को दुई श्वास प्रश्वाससम्बन्धी रोगका भाइसरबाट पनि पन्छीलाई बचाउने काम गर्ने भएकोले निकै प्रभावकारी छ,’ उनले भने, ‘बजारका अरु भ्याक्सिनमा यस्तो विशेषता छैन ।’

रानीखेत रोग नियन्त्रणका लागि बरदान साबित भएको उक्त सीएचबी भ्याक्सिन भने कान्तिपुर भेट डिस्ट्रिब्युटर्स प्रालिले अहिले नेपाली बजारमा ल्याएको हो । आयातकर्ता कान्तिपुर भेट डिष्ट्रिब्युटर्स प्रालिका प्रबन्ध निर्देशक हेमराज बडाल (ऋषि)ले रानीखेत रोगका कारण नेपाली किसान तथा व्यवसायीको व्यवसाय नै तहसनहस पारिरहेको अवस्थामा कान्तिपुर भेटले ल्याएको इजोभ्याक सीएचबी रामबाण सावित हुने बताए ।
‘हामीले रानीखेत प्रभावित भएका र रानीखेत नदेखिएका दुबै ठाउँमा परीक्षण पनि गरेका छौं,’ उनले भने, ‘हाम्रो भ्याक्सिन प्रयोग गरिएको ठाउँमा शत प्रतिशत कुखुरामा रानीखेतको कुनै समस्या नदेखिएको नतिजा पाएका छौं ।’

के हो रानीखेत रोग ?
रानीखेत पारामाइक्सो नामक भाइरसबाट सर्ने एक घातक संक्रामक रोग हो । यो कुखुरा, हाँस, टर्की, कालिज, लौकाट, परेवा, कोइली, कागजस्ता पन्छीमा लाग्ने गरेको पाइन्छ । अहिले यो रोग विश्वभरी फैलिएको छ । घरपालुवादेखि जंगली बसाईं सर्ने पन्छी प्रजातिमा यो रोग देखिएको छ । पहिलोपटक सन् १९२६ मा इङ्गल्यान्डको न्यू क्यासटल शहरमा देखापरेको थियो । त्यसपछि कोरियामा यो रोग देखियो । १९२८ मा भारतमा उत्तराखण्डको रानीखेत भन्ने ठाउँमा पहिलोपटक सोही भाइरस देखाप¥यो र उक्त रोगलाई भारतले रानीखेत नामकरण ग¥यो । फिलिपाइन्समा पनि सोही सालमा देखापरेका थियो । न्युक्यासलमा देखिएको १० वर्षभित्रमा यो रोग जापान, पूर्वी अफ्रिका, अष्ट्रेलिया हुँदै विश्वभर फैलियो । नेपालमा यो रोग भित्रिएको मिति यकिन छैन । तर यस रोगविरुद्धको खोप भने सन् १९६८ देखि उत्पादन सुरु गरिएको थियो । नेपालमा यो रोगले बेलाबेला महामारीको रुप लिएको छ । खास गरी नेपालमा माघदेखि जेठ महिनासम्म महामारी फैलिने गरेको पाइएको छ। रहेको देखिन्छ ।

कसरी सर्छ ?

यो रोगको भाइसर हावाको माध्यमबाट एक पन्छीबाट अर्कोमा सर्ने गर्छ । कुखुराको सिँगान, र्याल, आँसु, सुली र एक अर्कोको सम्पर्कबाट पनि यो रोगको जीवाणु सर्ने गर्छ । यो रोगको भाइसर पन्छीको शरीरमा प्रवेश गरेपछि २–३ दिनभित्र सम्पूर्ण अङ्गमा प्रवेश गर्छ, विशेष गरी श्वासनलीमा भाइरसको संख्या बढी वृद्धि हुन्छ । यसले गर्दा श्वासप्रश्वासमा अवरोध सृजना गरी संक्रमित पन्छीको मृत्यु हुने गर्छ । भाइसरले उपयुक्त वातावरण पायो र कुखुरामा खोप प्रयोग गरिएन भने संक्रमण भएको ३–४ दिनसम्ममा पन्छीको बथान वा खोर नै खोर नै खाली हुने गरी सबै पन्छीको मृत्यु हुन्छ । कुखुराको सुली, भुत्ला, कुखुरा बोक्ने गाडी, क्रेट, भाँडाकुडालगायत सामग्रीमा मानिसमार्फत हुने लसपसबाट पनि यो रोग सर्छ । संक्रमित अण्डाबाट निस्किने चल्लामा पनि यो रोग सर्छ ।

लक्षण कस्तो देखिन्छ ?
कडा खालको यो रोगको भाइसरले आक्रमण गरेको छ भने बिनालक्षण नै पनि पन्छीको मृत्यु हुने गर्छ । तर धेरैले श्वासप्रश्वास प्रक्रिया असामान्य रूपमा देखाउँछ । त्यस्तै सुली सेतो, पहेँलो वा रातो हुने, छेर्ने, हरियो पानीजस्तो छेर्ने, अत्यधिक ज्वरो आउने, शरीरको मासु फरफराउने, पखेता लत्रिने, घाँटी बाङ्निे जस्ता लक्षण देखिनछन् । दानापानी नखाने, झोक्र्याउने, अन्डाको उत्पादन बन्द हुने, पखेटा, खुट्टा तथा घाँटीमा पक्षघात हुने, जस्ता लक्षण देखिन्छन् । खोेप तालिकाअनुसार नियमित खोप लगाउनु नै हो । यो रोगविरुद्ध बजारमा एफ वान, आर टु बी र एनडी गरी ३ प्रकारका खोप उपलब्ध छन् ।