एनभिए अध्यक्षमा शर्मा र श्रेष्ठको प्रतिष्पर्धा :महासचिव, सचिव र कोषध्यक्ष निर्विरोध निर्वाचित

काठमाडौं । नेपाल भेटेरिनरी एशोसिएशनको अध्यक्षमा पशु सेवा विभागका पूर्व महानिर्देशक डा. वंशी शर्मा र एशोसिएशनका वर्तमान अध्यक्ष डा. शीतलकाजी श्रेष्ठबीच चुनावी प्रतिस्पर्धा हुने भएको छ । यसअघि अध्यक्षका लागि ३ जनाले उम्मेद्वारी दिने घोषणा गरेको भए पनि डा. कृष्ण काफ्ले अध्यक्षबाट पछि हटेर उपाध्यक्ष पदका लागि उम्मेद्वारी दिए पनि शर्मा र श्रेष्ठबीच प्रतिस्पर्धा हुने भएको हो ।
त्यस्तै, उपाध्यक्षमा डा. ग्रिष्म न्यौपाने र डा.कृष्ण काफ्ले बीच प्रतिस्पर्धा हुने भएको छ । न्यौपाने वर्तमान कार्यसमितिमा महासचिव छन् ।

एशोसिएनमा महासचिव, सचिव, प्रधान सम्पादक र कोषाध्यक्ष पदमा भने निर्विरोध निर्वाचित भएका छन् । महासचिवमा डा. अशेष भट्टराई निर्वाचित भएका छन् । उनी यसअघिको कार्यसमितिमा सचिव पदमा थिए । त्यस्तै सचिवमा डा. रामचन्द्र सापकोटा, प्रधान सम्पादकमा डा. सुरेन्द्र कार्की निर्वाचित भएका छन् । त्यस्तै कोषाध्क्षमा डा. सिकेश मानन्धर निर्वाचित भएका छन् ।
निर्वाचन कार्यतालिका अनुसार उम्मेद्वारी दर्ता गर्ने ५ चैतको अन्तिम समयसम्म यी पदमा दोस्रो उम्मेद्वारले उम्मेदवारी नदिएपछि उनीहरु निर्विरोध भएका हुन् ।

त्यस्तै, एशोसिएशनको ६ जना सदस्य पदका लागि १२ जनाले उम्मेद्वारी दर्ता गराएका छन् । सदस्यमा डा. अजित कुमार कर्ण, डा. वीरेन्द्र तिमिल्सिना, डा. जनक माझाकोटी, डा.महेश्वर दाहाल, डा. पवन आचार्य, डा. प्रतिक हमाल, डा. रविन राउत, डा. रकसन कर्माचार्य, डा. सविना लाम्साल, डा. सेरेने अमात्य, डा. शंकर न्यौपाने र डा. सुमन कार्कीले उम्मेद्वारी दिएका छन् ।
ललितपरको सानेपास्थित हेरिटेज गार्डेनमा हुने एशोसिएशनको निर्वाचन कार्यक्रमको उद्घाटन कृषि तथा पशुपन्छी विकास मन्त्री पद्मा अर्यालले गर्ने कार्यक्रम छ ।