कृषि विश्वविद्यालयमा उपकुलपति लगायतका पदाधिकारीहरु नियुक्ति गर्न अनेरास्वीयूको माग

काठमाडौँ । अनेरास्वीयू क्रान्तिकारी कृषि वन तथा विश्व विद्यालय समितिले रिक्त रहेको पदमा पदाधिकारीहरु नियुक्तिको माग राख्दै प्रेस विज्ञप्ती जारी गरेको छ ।

समितिले ११ महिनादेखि विश्वविद्यालय उपकुलपति विहिन भएको, ६ महिना देखि रजिष्टार विहिन र २ महिनादेखि विभिन्न संकायमा डिन नभएको भन्दै खाली रहेको रिक्त पदमा पदाधिकारीहरु नियुक्ति गर्न माग गर्दै प्रेस विज्ञप्ती जारी गरेको हो ।

‘विगत ११ महिनादेखि पदाधिकारी विहिन रहेको यस विश्वविद्यालय अनिर्णयको बन्दी बन्दै आइरहेको छ , जसले विद्यार्थीहरुका शैक्षिक तथा परिक्षका विषयहरु र विद्यार्थीहरुका हकहितका विषयहरु थप अन्यौलमा परेका छन् । ’ विज्ञप्तीमा भनिएको छ । अहिलेको समयमा आइपुग्दासम्म पनि चलिरहेको अनलाईन कक्षा व्यवस्थित रुपमा सञ्चालन हुन नसक्नु, पशु विज्ञान, पशु चिकित्सा तथा मत्स्य संकाय वैकल्पीक शिक्षामा जान नसक्नु , वन विज्ञान संकायले स्नाकोत्तर तर्फको परिक्षा, लामो दुरीको यातायात सञ्चालनमा नआउँदै गराउन खोज्नु आपत्तीजनक भएको पनि यूनियनले जनाएको छ ।

विश्वविद्यालयमा रिक्त रहेको पदाधिकारी पद नियुक्त गरी विद्यालयलाई अनिर्णयको बन्धनबाट मुक्त गर्न सरोकारवालाहरुसँग यूनियनले प्रेस विज्ञप्ती मार्फत माग गरेको छ ।