काठमाडौं । विश्वमा मत्स्यपालन खाद्य पोषण सुरक्षाका लागि जीविकापार्जनको स्रोत भएको छ। नेपालमा पनि मत्स्यपालन सब भन्दा छिटो वृद्धि हुने कृषिको उप-सहायकहरू मध्ये एक हो । वर्तमान अवस्थामा मत्स्यपालन र मत्स्यपालन उत्पादनहरूले GDP मा 1.34% र AGDP मा 4.2% योगदान गर्दछ । हालको कुल राष्ट्रिय माछा उत्पादन 86,544 MT, जसमध्ये २५% माछापालनले योगदान गरेको छ र 75% जलचर्याबाट आएको छ। नेपालमा मत्स्यपालनको स्थिति राम्रो हुँदै गइरहेको थियो तर दुर्भाग्यवश कोविड-१९ को माहामारीले नेपाललगायत सम्पूर्ण विश्व यसको शिकार भयो। मानवजाति मात्र प्रभावित नभइ यस माहामरी कृषि क्षेत्रलाई लगातार बाधित गराउँदै छ र जलजन्य क्षेत्र पनि यसको शिकार हुँदैछ।
कोविड-१९ माहामारीले मत्स्यपालनको विभिन्न क्षेत्रहरुमा नकरात्कमक असरहरु गरेको छ र अवस्था द्रुत रूपमा विकसित हुँदै गइरहेको छ। नेपालमा मामहामारी भित्रिए सँगै यातायातको (वायुमार्ग र सडकमार्ग) प्रतिबन्धले गर्दा बजारको बन्देजबाट यो क्षेत्र पीडित छ। ताजा माछा र सौंदर्य माछा आपूर्तिका माध्यमहरुका लागि यातायात बन्द भएको कारण र खाना दिने सेवा क्षेत्रहरु (जस्तैः होटल, रेस्टुरेन्ट र खानपान सुविधाहरु, स्कूल र पार्टी प्यालेसलगायत) बन्दले पूर्ण प्रभावित छन् । प्रशोधन क्षेत्र पनि बन्द छ। ग्राहक तथा व्यापारीहरुको माग निकै कम को कारण मत्स्य किसानहरु ठूलो क्षतिको सामना गर्नुपरेको छ। सबभन्दा प्रभाव भूरा ढुवानीमा ह्याचरीकर्ताहरुले पाएका छन्।
राष्ट्रद्वारा लागू गरिएको लकडाउन साथै यातायात र सीमा प्रतिबन्धको कारण माछासँग सम्बन्धित उत्पादन सामाग्रीहरू (भुरा, शुद्ध माउको नस्ल, फूल, दाना, मत्स्यसँग सम्बन्धित सामाग्री आदि)को व्यापारमा व्यावहारिक कठिनाइ भएको छ। अन्तराष्ट्रिय उडानहरू रद्द भएकाले विशेष गरी एक्वैरियम (रंगिन) माछाको आयत शून्य छ । भुरा, दाना र सम्बन्धित जलचर वस्तुहरू (उदाहरण औषधी खोप,) को अभाव पनि देखिन थालेको छ । कर्मचारीहरूको यातायात र यात्रा प्रतिबन्धको कारण उद्योग साथै फार्मको संचालन गर्न बाधा पुगेको छ। मागमा आएको गिरावट र उचत मूल्य किसानले नपाउनुका कारण देशका केही भागहरूमा माछा पालन उत्पादन रोकिने वा निकै कम हुने देखिन्छ। धेरै क्षेत्रहरूमा खुद्रा बिक्री बितरणमा बन्द भएको कारण उत्पादन बिक्री नभएको र जीवित माछाको भण्डारण पोखरीमै गर्दा खानाका लागि उच्च लागत र माछाको मृत्युको ठूलो जोखिम भएको देखिन्छ। क्यान र अन्य संरक्षित माछा उत्पादनहरूले लामो समय कोल्ड स्टोरेजमा राखी माहामारीको सुरूवातमा फाइदा उठाएको पाइएको छ । केही बजारहरूमा आपूर्तिकर्ताहरूले स्थापित खुद्रा विक्रेताहरूबाट ताजा माछा बिक्री प्रतिस्थापन गर्न उपभोक्ताहरूलाई प्रत्यक्ष आपूर्ति उपलब्ध गराउने तरिकाहरू विकास गरेका छन् । महामारीको अवधि र गम्भीरताका सम्बन्धमा अझै धेरै अनिश्चितताहरू छन्, तसर्थ लामो समयसम्म बजार मन्दीले यस क्षेत्रमा दीर्घकालीन रूपान्तरण ल्याउन बिक्ल्प खोज्न जरुरी देखिन्छ। केही उपायहरू हुन सक्छन, जुन COVID-१९ को कारण मत्स्यपालनको क्षेत्रलाई अगाडि बढ्नको लागि मद्दत गर्न सकिन्छ। जस्तैः·
- सर्वप्रथम सबैभन्दा कमजोर समूहहरू र क्षेत्रहरूमा ध्यान केन्द्रीत गर्दै मत्स्यपालन र सम्बन्धित क्षेत्रको आपूर्ति चेनहरूलाई समर्थन र पुन: सुरू गरेर खाद्य र पोषण सुरक्षा सुनिश्चित गर्नु पर्ने देखिन्छ।·
- COVID-19 को प्रभावहरुले मत्स्यपालनमा गरेको असरप्रति यसका सवै क्षेत्र समावेश गरि एक संक्षिप्त नीति विकास गर्ने।
- माछा पालन उद्यमी, मत्स्य किसानहरूलाई र माछा मारी जिविकोपार्जन गर्ने जात जातिलाई सक्दो अनुदानको, व्याज छुट लगायत अन्य सुविधा व्यवस्था गर्ने।
- सम्बन्धित केन्द्रीय मन्त्रालयहरू, प्रदेश सरकार, स्थानीय सरकार , उद्योग प्रतिनिधिहरू र अन्य सरोकारवालाहरूसँग समन्वय गरि स्थितिको अनुगमन गर्ने, नीति, व्यवस्थापन र प्राविधिक सल्लाह प्रदान गर्ने, साथै आपूर्ति श्रृंखला अनुकूलनको लागि प्राविधिक सहयोग पुराऊने।
- अन्तर्राष्ट्रिय र राष्ट्रिय मत्स्य कार्यालयहरू (बालाजु, जनकपुर, हेटौंडा, भैरहवा), अन्तर सरकारी संगठनहरू, अनुसन्धान केन्द्रहरू र विभिन्न संघ-संगठनहरू सँग माछा र जलचर्या प्रणालीमा हुने कुनै सम्भावित जोखिमहरू आकलन गर्ने, सूचना र प्रतिक्रियाको समन्वय गर्दै सो माहामारीले उत्पन्न गरेको समस्या निर्मुल पार्दै जाने ।
- माछाको भुरा, दाना, माउ माछा र अन्य मत्स्यपालन सम्बन्धी सामाग्रीहरुको सहज आपुर्ती र ढुवानी र व्यवस्थापनका लागि उचीत यातायातको सहज गर्नु अहिलेको तत्काल आवश्यकता हो।
– रोविनसन अधिकारी
मस्त्य विकास अधिकृत, पशु सेवा विभाग