काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्री घनश्याम भुसालले पशुपन्छीको औषधी, दानालगायत अत्यावश्यक वस्तुत तथा सेवा प्रवाहमा राेक नलगाइएकाे बताएका छन् ।
अत्यावश्यक सेवाभित्रै पर्ने भएकोले पशुपन्छीको औषधी, दाना र चल्ला ढुवानीलाई रोक नलगाइने निर्णय भएको उनले बताए । पशुपन्छीको औषधी, दाना चल्ला चल्ला ढुवानीमा रोक लगाइएको चौतर्फी गुनासो भेट खबरलाई प्राप्त भएपछि भेट खबरको जिज्ञासामा मन्त्री भुसालले भने– ‘स्वास्थ्यका अत्यावश्यक सेवा नरोक्ने भनिएपछि पशुपन्छीको औषधि पनि रोकिनु हुँदैनथ्यो । मन्त्रीपरिषद्ले केही समयमै पशुपन्छीको औषधी, दाना र चल्लाको ढुवानी नरोक्न निर्देशक दिने तयारी भएको छ । स्पष्ट निर्देशन नभएकोले रोकिएको हुन सक्छ । रोकिएको रहेछ भने पनि अब खुल्छ ।’
मन्त्री भुसालले उक्त अत्वाश्यक सेवा नरोक्न आफूले मातहतका नियकालाई निर्देशन दिइसकेको बताए ।
पशुपन्छीसम्बन्धी अत्यावश्यक वस्तु तथा सेवाका सूचि