डीडीसीमा पौडेल, दुग्ध विकास बोर्डमा यादव

काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालयलयले मातहतका निकायमा पदाधिकारी नियुक्त गरेको छ । दुग्ध विकास संस्थान (डीडीसी) को महाप्रबन्धकमा रुद्रप्रसाद पौडेल, राष्ट्रिय दुग्ध विकास बोर्डको कार्यकारी निर्देशकमा डा. राजेन्द्रप्रसाद यादव नियुक्त भएका छन् ।दुग्ध विकास संस्थान (डीडीसी)को महाप्रबन्धकको प्रतिष्प्रर्धामा नेपाल भेटेरिनरी एशोसिएसनका अध्यक्ष डा.सितलकाजी श्रेष्ठको समेत नाम चर्चा आएको थियो । आज नियुक्ति हुनेमा राष्ट्रिय चिया तथा कफी विकास बोर्डको कार्यकारी निर्देशकमा डा. विष्णुप्रसाद भट्टराई तथा उपाध्यक्षमा गोपालप्रसाद पोखरेल, कृषि सामग्री कम्पनी लमिटेडको महाप्रबन्धकमा नेत्रबहादुर भण्डारी र अध्यक्षमा शशीराज तुलाधर तथा कपास विकास समितिमाको अध्यक्षमा रुद्रहरि ज्ञवाली नियुक्त भएका छन्