सामूहिक नेतृत्व, व्यक्तिगत जिम्मेवारीमा विश्वास गर्छु

नारायणबहादुर भुजेल
नेपाल पशुपन्छी औषधी व्यवसायी संघ केन्द्रीय सदस्य (सचिव पदको प्रत्यासी)

केन्द्रीय कार्यसमिति सदस्यका रूपमा यहाँको कार्यकाल कस्तो रह्यो ? कसरी मूल्यांकन गर्नुहुन्छ ?

सर्वप्रथम म यहाँहरूलाई धन्यवाद दिन चाहन्छु । जुन अपेक्षाका साथ म केन्द्रीय सदस्यमा निर्वाचित भएर आएको थिएँ, धेरै सन्तोषजनक नभए पनि केही नीतिगत निर्णय भएका छन् । एउटा खड्किएको कुरा चाहिँ ‘एकता नै बल’ हो भन्ने कुरामा यो कार्यकाल अलि पछाडि रह्यो । त्यसकारण अपेक्षाकृत परिणाम निस्किन सकेन । अर्को कुरा म प्रदेश ३ को इन्चार्जको भूमिकामा थिएँ । प्रदेश ३ कार्य समिति र अन्तर्गतका शाखाहरूमा सक्षम नेतृत्व आउनु तथा सांगठनिक रूपमा सबल हुनुलाई आफ्नो सफलताको रूपमा लिएको छु । जहाँसम्म व्यक्तिगत भूमिकाको कुरा छ, अध्यक्षज्युले ल्याउनुभएको तहगत व्यापारको एजेन्डालाई सफल पार्न संस्थागत र व्यक्तिगत दुव ैरूपमा सक्रिय भूमिका निर्वाह गर ेको छु । मैले माथि नै भनिसकेँ । नीतिगत निर्णय भएको छ । कार्यान्वयनतर्फ उन्मुख भएको छ । र यसलाई ठोस निष्कर्षमा पु¥याउनुपर्ने छ ।

अब गर्न बाँकी काम र गर्नुपर्ने योजनाहरू के के छन् ?

आयात, थोक र खुद्रा हरेक तहगत व्यवसायमा व्यवसायीका अनगिन्ति समस्याहरू छन् । तहगत व्यापारको एजेण्डा स्थापित गराउने नीतिगत निर्णय त भएको छ । तर, त्यसलाई कार्यान्वयनमा लाने अबको कार्यसमिति र कार्यकालको मुख्य कार्ययोजना रहनुपर्दछ । भावी योजना व्यक्तिगत भन्दा पनि कार्यसमितिको सामूहिक नै र हन्छ । अयातको ४ महिना सिफासिसलाई १ वर्ष बनाउनुपर्ने जस्ता सम्पूर्ण नीतिगत व्यवस्थाको चिरफार गरी रहेका समस्या समाधान गदै आयात सहजीकरण गर्नुपर्ने छ । त्यस्तै थोक व्यवसायीले व्यहोरेको समस्याहरू आयातकतर्का वा कम्पनीबाट सिधै खुद्राकोमा पुग्नु र पोल्ट्रीफार्ममा पुग्नु, अव्यवहारिक कर प्रणालीजस्ता समस्याले खुद्रा व्यवसायीहरू पनि बढी नै प्रभावित हुनुभएको छ । सिधै पोल्ट्रीको खोरमा, डेरी फार्ममा आयातकर्ता र कम्पनीबाट सिधै औषधी जानु खुद्रा व्यवसायीलाई ठूलो समस्याको रूपमा रहेको छ । यी समस्याहरू समाधान गर्न म विशेष पहल गर्ने छु ।

संघको केन्द्रीय महाधिवेसनमा केन्द्रीय कार्यसमिति सचिव पदमा यहाँले आफ्नो उम्मेदवारी घोषणा गर्नुभएको छ । सचिवमा निर्वाचित भएपछि यहाँले के कस्ता काम गर्ने योजना बनाउनुभएको छ ?

हो, आगामी १२ औँ महाधिवेसनमा केन्द्रीय सचिवमा मैले उम्मेदवारी घोषणा गरेको छु । म सचिवमा निर्वाचित भएपछि सर्वप्रथम हामीले (केन्द्रीय कार्य समिति) अध्यक्षज्युले अघि सार्नुभएका योजनाहरूलाई सफल पार्न मलगायत सिङ्गो कार्यसमिति नै लाग्नुपर्छ । अध्यक्षलाई सहयोग गर्नु पहिलो दायित्व रहने छ । संघका लागि व्यक्तिगतरूपमा मैले अघि सार्ने भावी योजनाको जहाँसम्म कुरा छ, म व्यक्ति केही होइन, पदीय जिम्मेवारी महत्वपूर्ण हुन्छ भन्ने मान्यता राख्छु । मेरो योजना भनेकै सम्पूर्ण व्यवसायिकको समस्या समाधानमा केन्द्रीत रहनु हो । तहगत व्यापारमा उत्पन्न समस्याको समाधान र कानुनी अड्चनबाट पर्न गएको समस्याको समाधान नै मेरो कार्यकालको उद्देश्य रहने छ । ‘सामूहिक नेतृत्व, व्यक्तिगत जिम्मेवारी’मा विश्वास गर्छु । यसको आशय म आफ्नो पदीय जिम्मेवारी इमानदारिताका साथ निर्वाह गर्छु ।

व्यवसायीहरूले यहाँलाई सचिवको रूपमा किन निर्वाचित गर्ने ?

म बागमती शाखाको सहसचिव, उपाध्यक्ष, अध्यक्ष हुँदै ११ औँ महाधिवेसनबाट क ेन्द्रीय सदस्य निर्वाचित भएको हुँ । यस क्रममा चाहे व्यक्तिगत रूपमा होस् या संस्थागत रूपमा व्यवसायी साथीहरूलाई समस्या पर्दा नैतिक, भौतिक, आर्थिक रूपमा निरन्तर सहयोग गर्दै आएको छु । विगत लामो समयदेखि संघको समस्यासँग परिचित पनि भएको हुनाले जसले समस्या देख्छ, उसले नै समाधान गर्न सक्दछ भन्ने कुरामा व्यवसायी साथीहरू अवगत नै हुनुहुन्छ । यसपटक नारायणबहादुर भूजेललाई सचिव पदमा निर्वाचित गराउँदा हाम्रो शीर निहुरिन दिने छैन । हाम्रो समस्यालाई आफ्नो सम्झन्छ भन्ने सोचका साथ मलाई क ेन्द्रीय सचिवमा निर्वाचित गराउनु हुनेछ भन्ने आशा राखेको छु ।

अध्यक्ष पदका लागि कस्तो नेतृत्व आउनुपर्छ भन्नेमा हुनुहुन्छ ?

सबै पदमा हाम्रा होइन राम्रा मान्छे आउनुपर्छ । त्यसमा पनि अध्यक्ष त संस्था नै हो, त्यसैले सम्पूर्ण व्यवसायको समस्यासँग जानकार, समस्या समाधानका लागि निःस्वार्थरूपमा लाग्न सक्ने, सक्षम र सबल नेतृत्व चाहिन्छ । सम्पूर्ण प्रतिनिधि साथीहरूले त्यस्तै उम्मेवार निर्वाचित गराउनु हुनेछ भन्ने आशा राखेको छु ।

अन्त्यमा, १२ औँ महाधिवेसनमा पाल्नुहुने साथीहरूलाई यहाँको आग्रह के छ ?

१२ औँ महाधिवेसनमा पाल्नुहुने सम्पूर्ण प्रतिनिधि साथीहरूलाई हार्दिक स्वागत गर्दछु । यो महाधिवेसनलाई सभ्य र भव्य रूपमा सफल पार्न यहाँको गरिमामय उपस्थितिले बल पुग्ने विश्वास लिएको छु । सही नीति, सही नेतृत्व नै आजको आवश्यकता हो । यसका निम्ति सम्पूर्ण प्रतिनिधि ज्युलाई सुझबुझपूर्ण निर्णय लिनुहुन हार्दिक आह्वान गर्दछु ।