तीन तहको व्यापारको एजेन्डालाई मैले स्थापित गरेरै छोडेँ

चित्रबहादुर गुरुङ
अध्यक्ष, नेपाल पशुपन्छी औषधी व्यवसायी संघ केन्द्रीय कार्यसमिति

यहाँको २ वर्षे कार्यकालमा भए गरेका काम कारबाही र यो कार्यकाल कस्तो रह्यो ?

मेरो कार्यकालमा हाम्रो संघ पनि संघीय ढाँचामा अघि बढेको छ । संघीय शासन व्यवस्था कार्यान्वयनको सन्दर्भमा सरकारसमेत अलमलमा परेको अवस्थामा हाम्रो निजी व्यवसायीको संगठनले सफल रूपमा संघीय ढाँचाको सांगठनिक स्वरूप कार्यान्वयनमा ल्याएको छ । यसलाई मैले राम्रो रूपमा लिएको छु । बाँकी कुरा सबैले मूल्यांकन गर्नुभएकै छ । समयले थप विषय उजागर गर्ने छ ।

यहाँले आफ्नो कार्यकालको मुख्य मुद्दाको रूपमा तीन तहको व्यवसायीले एक अर्कोको कार्य क्षेत्रमा हस्तक्षेप गर्ने प्रवृत्ति रोक्ने प्रतिबद्धता गर्नुभएको थियो । उक्त प्रतिबद्धता कत्तिको पूरा गर्न सक्नुभयो ?

विगतका कार्यसमितिका अध्यक्षहरूको पनि यो एजेन्डा थियो । उहाँहरूले पनि आयात, थाेक र खुद्रा व्यवसायीले एक अर्काको व्यावसायिक कार्यक्षेत्रमा दख्खल दिनु नहुने बताउँदै आउनुभएको थियो । मैले यसैलाई एजेन्डाको रूपमा उठाएर स्थापित गर्ने प्रयास गरेको हुँ । पहिला पहिला चुनावको बेला मात्र यो विषय उठ्ने गरेको थियो । तर, मैलै प्रत्येय प्रदेश र शाखाहरूमा यो विषय उठाएको छ । अब आउने कार्यसमितिले यो विषयलाई कार्यान्वय गर्नैपर्ने भएको छ । यो प्रयास धेरै हदसम्म सफल भएको छ । मेरो कार्यकालको एउटा सफलता यो पनि हो ।

व्यवसायीको अर्को मुख्य समस्या भनेको पसल दर्ताको पनि छ । तर, उक्त समस्या समाधान हुन सकेको छैन नि ?

पसल भएका तर दर्ता नभएकाहरूलाई दर्ता गर्न दिनुपर्छ भनेर हामीले थुप्रै बहस ग¥यौं । पहल ग¥या ैं । पशु सेवा विभाग, औषधी व्यवस्था विभाग र हाम्रो संगठन बसेर दुर्गम वा ग्रामीण क्षेत्रमा पसल दर्ता गर्न दिने भन्ने सहमति भएको छ । तर, दुर्गम वा ग्रामीण क्षेत्र कुनलाई भन्ने भन्ने विषयमा बहस छ । संघीयता हुनुभन्दा अगाडिको दुर्गम मान्ने हो भने हामी मान्छौँ । तर, संघीयतापछि कुनै पनि ठाउँ दुर्गम छैन भनेर हामीले यो विषयमा अडान लिएका छौँ । अब यो विषयलाई टुङ्गो पुर्याउनुपर्ने छ ।

अध्यक्ष एक्लैले त काम गर्ने होइन, टिमले काम गर्ने हो । तपाईँले औँलामा गनेर भन्नुपर्दा एक, दुई, तीन… के के काम गर्न सकियो ?

म निर्वाचित भएर आएपछि, होलसेल, आयात र खुद्रा व्यवसायीले आआफ्नो काम गर्नुपर्छ भनेर प्रत्येक जिल्ला जिल्लामा गएर कार्यान्वयनको पहल गर्यौँ । धेरै जिल्ला जिल्लाका साथीहरूले यो मुद्दालाई कार्यान्वयत गर्न सक्रिय हुनुभएको छ । बिस्तारै यो हुन्छ । हामीले यो गर्न अलि छिटो भएछ कि भन्ने पनि लाग्छ । समय आएपछि आफैँ यो मुद्दा कार्यान्वयनमा आउँछ । पुराना अध्यक्षहरूको सपनालाई मैले बजारमा लगेको मात्रै हो । यो सफल हुने क्रममा छ । त्यस्तै, पसल दर्ताको मुद्दामा पनि हामी सफल भएका छौँ । सबैले सबैखालको काम गर्दै आएको हुनाले यसमा केही समस्या भएकै हो । पछि हट्न केही द्विविधा भएकै हो । तर, गहुँ पिन्दा घुन पनि पिसिन्छ भनेको जस्तो दुई चारजनालाई असर पनि पर्न सक्छ । तर, कार्यसमितिका उपाध्यक्ष र महासचिवले मलाई यसमा सहयोग गर्नुभएको छ । आगामी कार्यकालमा पनि महासचिव आउनुहुन्छ भन्ने मलाई लाग्छ । त्यसो हुँदा यी मुद्दाले सार्थकता पाउने छन् ।

तपाईँले अघि बढाउनु भएका एजेन्डाहरूलाई पूरा गर्न अबको नेतृत्व कस्तो आउनु पर्छ भन्ने लाग्छ ?

अबचाहिँ संघमा नमस्ते गर्ने नेतृत्वबाट सफलता पाउन गाह्रो छ । त्यसो हुँदा अब अलि जुझारु, थर्काउन सक्ने, टेबुल ठोक्न सक्ने नेतृत्व आवश्यक छ भन्ने मलाई लागेको छ । आन्दोलन नगरी सुन्ने बानी सरकारको नभएकोले त्यस्तो नेतृत्व आवश्यक छ ।

निर्वाचनमा जाँदा यहाँले पूर्व अध्यक्षहरूसँग सल्लाह र सहकार्य गरेर मात्रै अघि बढ्छु भन्नुभएको थियो । पूर्व अध्यक्षहरूसँग मिटिङ गर्न भ्याउनुभयो ? पूर्व अध्यक्षहरू कार्य समितिको सल्लाहकार हुने व्यवस्था छ । त्यसो हुँदा पूर्व अध्यक्षहरूलाई राखेर नै हामीले संघको कार्यसमिति बैठक बसेका छौँ । कुनै पनि बैठकमा उहाँहरूलाई छुटाएको छैन । कोही कार्य व्यवस्तताले कहिलेकाहीँ छुट्नुभएको भए त्यो फरक विषय हो ।

पुनः कार्यसमितिमा आउने यहाँको कुनै सोच त छैन होला ?

अझै दुई वर्ष निवर्तमान अध्यक्षको हैसियतले कार्यसमितिमा मै मुख्य पदमै हुन्छु । हामी कुनै राजनीति दल होइन, त्यसो हुँदा सबै साथीहरूलाई पालो दिनुपर्छ भन्ने मेरो धारणा छ ।

व्यवसायी साथीहरूलाई के भन्न चाहनुहुन्छ ?

व्यवसायी साथीहरू अहिले निकै सचेत हुनुहुन्छ । आफूले खर्च गरेर हिँड्न सक्ने आफ्नो खुट्टामा उभिन सक्ने हुनुभएको छ । त्यसो हुँदा एकछिनको रमाइलोमा नभुली दीर्घकालिन सोच र ाखेर अघि बढ्नु राम्रो हुन्छ भन्न चाहन्छु ।