किविको व्यवसायिक खेती

पाल्पा । जिल्लाको पूर्वखोला गाउँपालिका २ जल्पामा किविको व्यवसायीक खेती सुरु गरिएको छ ।

जल्पाको ढोलिमारा साठिकोल र मैदानलाइ किविको पकेट क्षेत्र नै बनाएर गाउँपालिकाले खेतीका लागि प्रोत्साहन समेत गरेको छ । यहाँका किसानलाई आवश्क तालिमसहित किवि खेतीको सुरुवात गरिएको गाउँपालिकका प्रमुख नुनबहादुर सुनारीले बताए । उनले कम मेहनतमा किविबाट प्रशस्त आम्दानी गर्न सकिने भएकाले किसालाई सहयोग गरिएको बताए ।

यस वर्ष पालिकाले १ सय केजी किवि निःशुल्क वितरण गरेको उनले बताए । किवि खेतीलाई प्राविधिक सहजिकरण प्रदेश ५ का कृषि विज्ञ कमान सिंह थापा र सुन्ताला र कागती जतका पाल्पाका नर्सरी प्रमुख बोमबहादुर थापाले गरेका छन् ।

गाउँमा आयआर्जनसँगै रोजगारीको अवसरसमेत हुने भएकोले गाउँमा व्यावसायिक किवि खेती गरिएको वडा अध्यक्ष निरबहादुर सारुले बताए ।
विरुवा रोपेको ३ वर्षबाट किविको उत्पादन सुरु हुन्छ । एउटा विरुवाले करिब ४० देखि ६० वर्षसम्म निरन्तर उत्पादन दिने गर्दछ ।